शव परीक्षण
लेखक : डा. रविन्द्र समीररातको पर्दा च्यातिएर उषाको आगमनसँगै सडकमा एउटा बीभत्स दृश्य देखियो अर्थात् धर्तीमाताको एउटा पुत्रको बेवारिसे शव सडकमा लम्पसार परिरहेको थियो। शववरिपरि मान्छेहरूको आवागमन थुप्रिएर यातायात अवरुद्ध भएको थियो।
भीडभित्रको सानो भीडको निचोड थियो – यो मान्छेको घाउचोट देखिँदैन, पैसाको लागि कसैले घाँटी थिचेर मारेको हुनुपर्दछ।
प्रवेश
लेखक : हरिप्रसाद भण्डारीचलअचल सम्पत्तिका आधारमा हेर्दा गजाधर गाउँका सबैभन्दा धनी व्यक्ति थिए।
यिनका पूर्वजहरू गाउँका जिम्माल मुखिया भएका हुँदा यिनले पनि उनीहरूको उत्तराधिकारीका रुपमा काम गरेका थिए। पञ्चायत कालमा प्रधानपञ्च भएर पनि धेरै वर्ष शासन गरे। गाउँमा राजा हुने प्रचलन भएको भए शायद राजा पनि यिनै हुन्थे होलान्। त्यस्तो चलन नभएको हुँदा राजा हुन चाहि पाएनन्।
आगो
लेखक : डा. रविन्द्र समीरमहँगी, बेरोजगारी, अन्याय, अत्याचार, जिम्मेवारीहीनता.....का कारण देशको मात्र होइन सुन्तलीको अवस्था पनि जर्जर भयो। लालाबालाको मुखमा जाउलो लगाउनको लागि उसले चोकमा मकै पोल्न थाली। कोइला नभएकोले काँचा दाउरा र सुकेका पातमा मट्टितेल थपेर मकै पोल्न आगो बाली। आगोको धूवाँको मुस्लोले सुन्तली ढाकिई।